नव निर्वाचित पदाधिकारीहरुको अभिमूखीकरण जेठ २७ र २८ गते हुने

२०७९ जेठ १२ बिहीबार १३:३१:०० मा प्रकाशित


गैँडाकोट । गण्डकी प्रदेशका नव निर्वाचित पदाधिकारीहरुको अभिमूखीकरण जेठ २७ र २८ गते हुनेभएको छ ।

प्रदेशका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख एवं उपप्रमुखहरुलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी दुई दिने अभिमूखीकरण गर्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सरकारसँगको सहकार्यमा अभिमूखीकरण गर्न लागिएको मन्त्रालयका सह सचिव डा. गोपीकृष्ण खनालले जानकारी दिनुभयो ।

सबै प्रदेशमा कार्यक्रम स्थल सम्बन्धी जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने उहाँले जानकारी दिनुभयो ।