गैंडाकोट नगरपालिका वडा नं १ र १८ को पछिल्लो मत परिणाम 

२०७९ बैशाख ३१ शनिबार ०९:३५:०० मा प्रकाशित


गैंडाकोट । गैंडाकोट नगरपालिका को ६०० मत गणना हुदा सम्मको नतिजा प्रमुख पदका उम्मेदवार छत्र राज पौडेलले १२७ मत प्राप्त गर्नुभएको छ भने मदन्भक्त अधिकारीले ३४० मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेस बाट नगर उपप्रमुख पदका उम्मेद्बार शान्ति कोइरालाले ६०० मत गन्दा ३३७ मत प्राप्त भएको छ भने राप्रपा का उपप्रमुख पदका उम्मेदवार तुलाराम पौडेलले ३९ मत प्राप्त भएको छ । 
गैंडाकोट नगरपालिका वडा नं. १ र १८ को मत परिमाण सावजनिक भएको हो । वडा नं १ मा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार मदनभक्त अधिकारीले १६८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेलले ९० मत प्राप्त गर्नुभएको छ । यसै गरि यो वडाबाट नेकाका उपमेयर पदका उम्मेदवार शान्ति कोइरालाले १५९ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका उम्मेदवार तुलाराम पौडेलले २९ मत प्राप्त गर्नुभएको छ । यो वडाबाट वडा अध्यक्षमा नेकाका सुरेन्द्र रेग्मीले १५२ र एमालेका ध्रुव अधिकारीले १२१ मत प्राप्त गर्नुभएको छ । 
यसै गरि वडा नं १८ मा मेयरकालागि नेकालाई १७२ र एमालेलाई ३७ मत प्राप्त भएको छ । अमेयरमा यो वडा वाट नेकालाई १७८ र राप्रपालाई १० मत प्राप्त भएको छ । यसैगरि वडा अध्यक्षमा नेकालाई १८५ र मंगोल नेशनल अर्गनाईजेशनले १०५ मत प्राप्त भएको छ । उक्त मत परिणाम दुवै वडाका ३ – ३ सय गरि ६०० मत गणनाको हो । अहिले मत गणना जारी छ