गैँडाकोटमा ट्रकले किचेर मृत्यु भएको पुरुषको पहिचान खुल्यो 

२०७९ बैशाख २८ बुधबार १२:४८:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा ट्रकले किचेर मृत्यु भएको पुरुषको पहिचान खुलेको छ । मृत्यु हुने गैँडाकोट ५ बस्ने नवराज रेग्मि रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । 
गैँडाकोट २ भृकुटीचोकमा राजमार्ग छेउमा रोकिराखेको ना ३ ख १८९ नम्बरको ट्रकमुनि सुतिरहेका पुरुषलाई ट्रकले किचेको हो । उक्त ट्रकमुनि सुतिरहेका उनलाई ट्रकको पछाडीको पांग्राले किचेको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायब उपरिक्षक पाठकले जानकारी दिनुभयो । शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान जारी छ । 
स्थानीयका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो ट्रक राजमार्ग छेउमा रोकिराखेको थियो । मादक पदार्थ सेवन गरेका उक्त व्यक्ति ट्रकमुनि सुतिरहेका थिए । चालक तथा सह चालकले ख्याल नगर्दा उक्त दुर्घटना हुन पुगेको स्थानीयको भनाइ छ ।