गैँडाकोट ईङलिस स्कुललाइ पुनः अन्तर्राष्ट्रिय स्कुल अवार्ड 

२०७८ माघ १२ बुधबार १९:३३:०० मा प्रकाशित

गैँडाकोट
गैँडाकोट ईङलिस स्कुल गैँडाकोटले पुनः अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आइएसए) हासिल गर्न सफल भएको छ । सन् २०१७ मा नवलपुरमा नै पहिलोपटक अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आइएसए) प्राप्त गरेको स्कुलले फेरिपनि अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रार्चाय हिरालाल अर्यालले जानकारी दिनुभयो ।
उहाँले शैक्षिक वातावरण, पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम र परियोजना कार्यमा विभिन्न देशका बिद्यालयसँग गरिएको समन्वय र आदान प्रदानको आधारमा शैक्षिक, भौतिक तथा कक्षा व्यवस्थापन लगायतमा उत्कृष्ट भएकाले अवार्ड प्राप्त भएको बताउनुभयो । विद्यालयका प्राचार्य अर्यालका अनुसार यो अवार्ड तीन वर्षको लागि मात्र भएको र हरेक तीन वर्षपछि पुनःमान्यता पाउन फेरि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अझ बढी शैक्षिक कार्यक्रम गर्दै जाने बताउनुभयो ।
शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैको सहयोगले अवार्ड प्राप्त गर्न सफल भएको र आगामी दिनमा शैक्षिक गुणस्तर कायम राख्दै लैजाने बताउनुभयो । काउन्सिलले देशभरका २० जिल्लाका १ सय ७ वटा विद्यालयलाई यो अवार्ड प्रदान गरेको छ । वर्ष २०१९–०२० र २०२०–०२१ को संयुक्त अवार्ड प्रदान गरेको हो ।