
नवलपुर । जिल्ला सहकारी संघ लिमिटेड नवलपरासीको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश विधायन समिति सभापति विष्णुप्रसाद लामिछानेले राज्य ३ खम्बे अर्थनीतिले चलेको हुँदा सहकारीलाई आवश्यक सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो ।
प्रारम्भीक सहकारीहरुलाई तालिम दिने गरि कार्यक्रमहरु अघि बढाइने सहकारीले जनाएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ कावासोतीका अध्यक्ष होमनाथ जैसी, राष्ट्रिय सहकारी बंैक कावासोतीका शाखा व्यवस्थापक रुक्मत श्रेष्ठ र देवचुली टेलीभिजनका प्रबन्ध निर्देशक के.वी रानाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य श्याम सुन्दर लामिछानेले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण जिल्ला सहकारी संघ सह सचिव देवकी भण्डारीले गर्नुभएको थियो ।