पाँचसय बढी सक्रिय संक्रमित हुने जिल्लामा चितवन नजिक पुग्दै

२०७८ पौष ३० शुक्रबार १९:३६:०० मा प्रकाशित


नवलपुर । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको छ ।  मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी हुन् । चितवनमा पनि शनिबारसम्ममा पाँचसय सक्रिय संक्रमितको सख्ंया पुग्ने देखिन्छ । चितवनमा आज मात्रै १४६ जना संक्रमित थपिएका थिए । आज सम्म चितवनमा सक्रिय संक्रमितको सख्ंया ४७० जना रहेका छन् ।