नयाँ फिल्ममा काम गर्दै भिटेन

२०७८ पौष २८ बुधबार १८:०६:०० मा प्रकाशित


चर्चित ¥यापर भिटेनले नयाँ चलचित्रमा काम गर्ने हुनुभएको छ। उहाँले दीपेन्द्रे खनालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का भएको हो ।
दीपेन्द्र र भिटेन दुवैले चलचित्र साइन गरिसकेका छन् । यो चलचित्रलाई बुढासुब्बा ओेरिजिनलले निर्माण गर्नेछ । चलचित्रका निर्माता नवराज गिरी हो । 
निर्देशक खनालले चलचित्रको नाम रत्नपार्क भने नभएको बताउनुभयो । 
भिटेनले यसअघि बुढासुब्बाकै ब्यानरमा बन्ने चलचित्र रत्नपार्क नामक चलचित्र साइन गनुभएको थियो ।  चलचित्रको कथा दीपेन्द्र आफैंले नै लेखिरहनुभएको छ ।