हल खुल्लै रहेको बुझाउन ‘चपली हाइट ३ ’ निर्मातालाई सकस

२०७८ पौष २८ बुधबार १८:०५:०० मा प्रकाशित

 

शुक्रबारबाट चलचित्र  चपली हाइट ३ रिलिज हुँदैछ । चलचित्र रिलिज हुन केही दिन मात्र बाँकी रहँदा यसको निर्माणपक्षलाई भने दर्शकलाई हल खुल्लै रहेको बुझाउन सकस भइरहेको छ ।
सरकारले माघ ७ गतेबाट हलमा जाने दर्शकले कोभिडको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम ल्याएको छ । यसैले यो चलचित्र रिलिज भएको एक सातापछि कोभिड खोपको कार्ड लिएर मज्जाले हलमा जान सकिन्छ ।
निर्माता अर्जुन कुमार भन्नुहुन्छ “सरकारले हल बन्द गरेको छैन । तर, एकै ठाउँमा २५ जना भन्दा बढी भेला हुन नपाउने भन्ने खबरले दर्शकमा भ्रम सिर्जना भएको छ । हलमा चलचित्र हेर्नका लागि सरकारले नयाँ नियम ल्याएको मात्र हो, हल बन्द नै गरेको भने होइन । ” अर्जुनले सबैभन्दा सुरक्षित स्थान नै हल भएको बताउनुभयो ।