दलदलेमा सिद्धार्थ इन्स्योरेन्सको शाखा विस्तार

२०७८ पौष २८ बुधबार १३:४५:०० मा प्रकाशित


देवचुली । सिद्धार्थ इन्स्योरेन्सले देवचुली नगरपालिकास्थित दलदले बजारमा शाखा सञ्चालनमा ल्याएको छ ।
दलदले बजार व्यवस्थापन समितिको सभाहलमा बुधबार भएको कार्यक्रममा प्रमुख अतिथी देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले दलदलेमा विस्तारित यस शाखाबाट बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
सिद्धार्थ इन्स्योरेन्स दलदले शाखा प्रमुख आशिष पाण्डेले यहाँका सेवाग्राहीहरुलाई सहज र शुलभ तरिकाले सेवा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले समयको माग अनुसार दलदले बजारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड उद्घाटनले सार्थकता पाउने बताउँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद न्यौपाने, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, अटो व्यवसायी सघं देवचुलीका अध्यक्ष धनबहादुर सुनार, ईसाई समाज नवलपरासीका अध्यक्ष नवराज पाण्डे क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका विभिन्न शाखा प्रमुख, देवचुलीका विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
सिद्धार्थ इन्स्योरेन्स गण्डकीका प्रमुख माधवराज रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण सिद्धार्थ इन्स्योरेन्स कावासोती शाखाका मार्केटिङ्ग म्यानेजर वेदप्रसाद न्यौपानेले गर्नुभएको थियो ।