किसान उपभोक्ता सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न

गैंडाकोट नगरपालिकाका प्रमख प्रशासकिय अधिकृत छविलाल सुवेदीले सहकारीले सबैलाई समेट्नु पर्ने बताउनुभएको छ । किसान उपभोक्ता सहकारी संस्था लिमिटेडको गैंडाकोट ८ को प्रथम साधारण सभामा बोल्दै उहाँले मार्टले स्थानीय उत्पादनको प्रवद्धनमा जोड्दिनु पर्ने बताउनुभएको छ ।
किसान उपभोक्ता सहकारी संस्थाका उपाध्यक्ष श्रीराम सुवेदीले उपभोक्तालाई गुणस्तरीय र सुपथ मुल्यमा सामान उपलब्ध गराउनका लागी किसान मार्ट सधै प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जिल्ला सहकारी सघंका अध्यक्ष केशवप्रसाद सापकोटाले सहकारी सञ्चालनमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कोषाध्यक्ष डिल्लीराम सापकोटाले संस्थाको आर्थिक वर्ष ०७७ ÷७८ को शेयर पूँजी ५ करोड ८ लाख १ हजार रहेको बताउनुभएको छ । साथै उहाँले संस्थामा कुल सम्पत्ति ५ करोड २२ लाख ४ हजार ४ सय ८८ पुगेको बतउनुभयो ।