सापकोटा कुल मन्दिर पुनर्निर्माण गरिने 

२०७८ पौष ४ आइतबार १७:५५:०० मा प्रकाशित



गैँडाकोट । गैँडाकोट ८ स्थित सापकोटा कुल मन्दिर पुनर्निर्माण गरिने भएको छ ।

मन्दिरको ४५ औँ वार्षिक साधारण सभा तथा नियमित कुल पूजा कार्यक्रममा सो बारे जानकारी दिईएको छ । सापकोटा कुल मन्दिरका अध्यक्ष होमनाथ सापकोटाले मन्दिरलाई पुनर्निर्माण गर्न लागिएकाले यसमा सबैले सहयोग गरिदिन आग्रह गर्नुभएको छ । यसमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि उद्योगपति एवं दानविर दिपक सापकोटाले मन्दिरको स्तरोन्नतीका लागी आफुले सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभएको छ । कार्यक्रममा मन्दिरका पूर्व अध्यक्ष काशिराम सापकोटा, केशव सापकोटा, गंगाधर सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा प्रगति प्रतिवेदन मन्दिरका सचिव हिमलाल सापकोटाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै मन्दिरका कोषाध्यक्ष ठाकुरप्रसाद सापकोटले मन्दिरमा हाल करिब ७ लाख बजेट रहेको बताउनुभयो ।

कार्यक्रममा ८४ बर्ष पुरा भएका वृद्धवृद्धा, चन्दादाताहरुलाई सम्मान गरिएको थियो । गैँडाकोट ८ मा रहेको सापकोटा कुल मन्दिर करिब साढे ३ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।