किराँत समुदायले आज उँधौली पर्व मनाउँदै

२०७८ पौष ४ आइतबार ०७:३९:०० मा प्रकाशित


किराँत समुदायले आज उँधौली पर्व मनाउँदै छन् । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उँधौली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेक वाट बस्तुभाउ अनि चराचुरुङी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको स्रोतका रूपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाइन्छ । पर्वत शृंखलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेसभुसा लगाएर आज किराँत दाजुभाइ तथा दिदी–बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक साकेला नृत्य प्रस्तुत गर्ने चलन छ ।