वैवाहिक जीवनमा बाँधिइन् रेश्मा 

२०७८ मङ्सिर १३ सोमबार १७:२४:०० मा प्रकाशित


नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् ।
रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा भएको हो  । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ ।रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।
रेश्माका श्रीमान्  प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा नेपाली म्युजिक भिडियोमा सफल मोडल हुन् ।रेश्मा टिकटकबाट निक्कै चर्चामा आएकी थिइन् ।