थकान हटाउन देखि छालामा चमक ल्यानका लागि कस्ता खानेकुरा खाने ?

२०७८ मङ्सिर १३ सोमबार १२:३०:०० मा प्रकाशित


अनुहार र छालाको टोनले थकान, कमजोरीपन झल्काइरहेको हुन्छ । निद्राको कमी, अस्वस्थ खानपान, व्यस्त जीवनशैली वा तनावका कारण थकान वा कमजोरीपन देखा पर्ने गर्छ । जसले आँखावरिपरि डार्क सर्कलसमेत देखा पर्ने हुन्छ । सामान्यतया दैनिक काम व्यवस्थित गरेर वा पर्याप्त निद्राबाट पनि डार्क सर्कल हटाउन वा अनुहारमा चमक ल्याउन सकिन्छ । यसका लागि खाद्यवस्तुको छनोटमा भने ध्यान दिन आवश्यक हुन्छ । निम्न उल्लेखित खानेकुराले शरीरको कमजोरी हटाउन मद्दत गर्ने विज्ञहरूको सुझाब छ ।
ग्रिन टी
युवा पुस्तामाझ ग्रिन टी लोकप्रिय छ । कामको तनाव कम गर्न ग्रिन टी प्रयोग गर्ने गरिन्छ । ग्रिन टीमा रहेको पोलिफेनलले छालाका मृत कोषहरूलाई पुनः सक्रिय बनाउन मद्दत गर्छ, जसले छालालाई स्वस्थ देखाउँछ । 
साल्मोन माछा
साल्मोन माछालाई पौष्टिक तत्वको भण्डार मानिन्छ । यसले छालामा हुने जलन कम गर्ने, सुक्खापन कम गर्न सहयोग गर्छ । ओमेगा Çयाटी एसिड र म्याग्नेसियमजस्ता तत्व पाइने हुँदा रक्तसञ्चार सहज बनाउँछ । जसले कोषहरूसमेत सक्रिय हुने हुँदा छालामा चमक ल्याउँछ । 
नट्स
नट्समा प्रशस्त मात्रामा पोषक पदार्थहरू पाइन्छन् । अधिकांश नट्समा मिनरल र सेलेनियमको मात्रा प्रचुर हुन्छ । सेलेनियम यस्तो पदार्थ हो, जसले फ्री ¥याडिकलहरूसँग लडेर छालालाई सुरक्षित गरिरहेको हुन्छ । फ्री ¥याडिकलहरूले उमेरभन्दा अगाडि नै एजिङको समस्या निम्त्याउने गर्छ । यस्तै, पोषक तत्व टुना र च्याउहरूमा पनि पाइन्छ । 
पानी 
साधारण पानी पिउँदा शरीर हाइड्रेड रहन्छ । सधैँ आवश्यक मात्रामा पानी पिउँदा छाला हाइड्रेड रहने हुँदा छाला र कपाल पनि स्वस्थ देखिन्छ । दैनिक प्रशस्त मात्रामा पानी पिउनुलाई स्वास्थ्यको आधारभूत अवधारणा मानिन्छ । 
किवी
किवीमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । जसले सुजन कम गरिरहेको हुन्छ । भिटामिन सीको दैनिक प्रयोगले छाला स्वस्थ हुने, सुक्खापन हराउने र कपाल पनि स्वस्थ देखिने हुन्छ । 
सलाद
मिनरल, भिटामिन र अन्य पोषण तत्व भएका खानेकुरा सलादको रूपमा खाँदा सम्पूर्ण शरीरमा फाइदा पुग्छ । मुला, गाँजर, काँक्रो, चुकन्दर, प्याज, कागती, पुदिना, हरियो धनियाँ आदिलाई समेत सलादमा समावेश गर्न सकिन्छ । यस्ता खानेकुराले छालालाई स्वस्थ रहन मद्दत गर्ने हुँदा कमजोजीपन र थकान देखिँदैन । दैनिक कामबाट हुने थकान कम गर्नका लागि स्वस्थ खानपान निकै आवश्यक छ ।