गैँडाकोटमा सेभेन ए साईड दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुदैँ

२०७८ मङ्सिर ९ बिहीबार १३:२४:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा सेभेन ए साईड दोस्रो वडा अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । 
एभरेष्ट युवा क्लब गैँडाकोट ७ को आयोजनामा ११ गतेदेखी १५ गते सम्म नवजागरण खेल मैदान गैँडाकोट ९ मा प्रतियोगिता हुने खेल संयोजक बालकृष्ण किसानले जानकारी दिनुभयो । 
प्रतियोगिताको विजेतालाई ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, उप विजेतालाई २० हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मानबहादुर सुनारीले जानकारी दिनुभयो । 
वडा स्तरिय फुटबल प्रतियोगितामा नगरपालिकाका १६ वटा वडाबाट सहभागिता रहने क्लबका उपाध्यक्ष विनोद क्षेत्रीले जानकारी दिनुभयो ।   
प्रतियोगिता गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।