नवलपुर १ बाट को को बने महाधिवेशन प्रतिनिधि ? (मत सहित) 

२०७८ मङ्सिर ८ बुधबार १८:४८:०० मा प्रकाशित


देवचुली । नेपाली काँग्रेस १४ आँै महाधिवेशनका लागि नवलपुरबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।  मंगलबार भएको निर्वाचनमा ११५१ मत खसेको थियो ।  क्षेत्रमा रामचन्द्र पौडेल पक्षकै निकटका नेताहरुबीच प्यानलगत प्रतिष्पर्धा थियो । महेन्द्रध्वज जिशी र महामन्त्री डा. शंशाक कोइराला पक्षका दुबै प्यानलबाट नेताहरु महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । 
महाधिवेशन प्रतिनिधि पदमा महिला खुला तर्फ ओमकला गौतम, विष्णुकुमारी कंडेल, संगीता घिमिरे काफ्ले र विष्णुदेवी पाण्डे विजयी हुनुभएको छ । 
यसैगरि पुरुष खुला तर्फ गजेन्द्रबहादुर आले, कृष्णचन्द्र नेपाली पोखरेल, गणेश सापकोटा, महेन्द्रध्वज जिशि, अशोक वस्ताकोटी, ओमप्रसाद सापकोटा, गोकुल सापकोटा, बालकृष्ण घिमिरे, मदनभक्त अधिकारी र भरतराज तिवारी विजयी भएका छन् । 
खसआर्य महिला तर्फ शान्ति कोइराला र सरस्वती तिमिल्सिना  निर्वाचित भएका छन् भने झपेन्द्रश्वर भूषल र भविलाल भट्टराई निर्वाचित भएका छन् । 
आदिवासी जनजाति महिला तर्फ खगिसरा गुरुङ र हुमिसरा आले, आदिवासी जनजाति खुला तर्फ चेसराम आले र कर्णेल धनबहादुर राना, दलित तर्फ सन्तोष कोइराला नेपाली र थारु तर्फ टेकनारायण महत्तो निर्वाचित भएका छन् । 
मधेशी कोटा तर्फ यस अघि नै उद्योगपति विनोद चौधरी सर्वसम्मत चयन भइसकेका छन् ।