नवलपुर क्षेत्र नं. १ मा अमृत भट्टचन नेतृत्वको प्यानल सार्वजनिक

२०७८ मङ्सिर ५ आइतबार १८:२६:०० मा प्रकाशित


न्वलपुर । नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत सोमबार संघिय निर्वाचन क्षेत्रको अधिवेशन हुँदै छ । मंसिर ६ र ७ गते हुने संघीय निर्वाचन क्षेत्रको अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता महेन्द्रध्वज जिसी समूहबाट नवलपुर क्षेत्र नं. १ मा अमृत भट्टचनले सभापतिमा उम्मेदवारी दिने हुनुभएको छ ।  अमृत भट्टचन नेतृृत्वको प्यानलको सचिवमा युवा नेता दाताराम घिमिरे र शालिकराम सापकोटा रहनुभएको छ । सहसचिवमा टिकाराम सापकोटा र प्रदिपकुमार मग्मी रहनुभएको छ । खुला तर्फ दुई महिला सहित ६ जना सदस्यहरुमा हिमलाल सापकोटा, गुरुदत्त सुवेदी, रामप्रसाद रिजाल, गौरबबहादुर ढुंगाना, कमलादेवी सिग्देल, हिममाया तिमिल्सिना सिग्देल रहेका छन् । 


प्रत्यक्षतर्फ एक महिला सहित चार जनामा बासुदेव अर्याल, हरिकृष्ण रिमाल, शालिकराम सापकोटा गोपाल, रामकली सापकोटा सुवेदी (ऋतु) रहनुभएको छ । यसैगरी खस आर्यतर्फ एक महिला एक पुरुषमा देवीप्रसाद काफ्ले र कल्पना कुँवर रहनुभएको छ । जनजाति तर्फ एक महिला एक पुरुषमा नन्दकुमारी गुरौ र प्रेमसिंह लुङ्गेली रहनुभएको छ । थारुतर्फ लेखा बहादुर महत्तो, अल्पसंख्यक तर्फ ऋतु कुमाल, दलित तर्फ देवबहादुर विश्वकर्मा रहनुभएको छ ।