चितवनको नारायणी नदी किनारमा छठ पर्वको रौनक सुरु

२०७८ कार्तिक २४ बुधबार १२:३०:०० मा प्रकाशित

चितवनको नारायणी नदी किनारमा छठ पर्वको रौनक सुरु भएको छ । विगत दुई वर्षदेखि कोरोना माहामारीले रोकिएको छठ पर्व नारायणी किनारमा यस पटक भव्यरुपमा मनाउन लागिएको हो । करिव साँढे २ लाख खर्चमा गर्न लागिएको उक्त छठ पूजाको अहिले गेट बनाउने नदी किनारमा पूजा गरिने स्थलमा टेण्ट टाँग्ने र विद्युत् सप्लाईको काम अन्तिम अवस्थामा पुगेको छठ पूजा व्यवस्थापन समितिका संयोजक कृष्ण रौनीयारले बताउनुभयो । सोमबारबाट सुरु भएको छठ पूजा बिहीवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ । चितवन तथा नवलपुरका विभिन्न ठाउँमा छठ पूजा हुने गरेको छ ।