महिला खेलाडीलाई हौसला दिन गैँडाकोट उपप्रमुख काठमाण्डौँमा

२०७८ कार्तिक १३ शनिबार २१:०३:०० मा प्रकाशित

गैँडाकोट नगरपालिकाले भोली तुलसीपुर नगरपालिकासंग खेल्दै


गैँडाकोट । उपमेयर कप राष्ट्रिय महिला लिगमा गैँडाकोट नगरपालिकाले भोली आइतबार तुलसीपुर नगरपालिकासंग खेल्नेछ । काठमाण्डौँमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगितामा सहभागि खेलाडीहरुलाई हौसला दिन गैँडाकोट नगर उप्रमुख विष्णुकुमारी कंडेल काठमाण्डौँ पुग्नुभएको छ । प्रतियोगितामा सहभागि महिला खेलाडीहरुलाई भेटी उपप्रमुख कंडेलले भोलीको गेम जित्नका लागि शुभकामना दिनुभएको छ । यस अघि हेटौँडा उपमहानगरपालिकासंग भएको उत्कृष्ट खेलका लागि महिला खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । पहिले खेलको प्रदर्शनले नै गँैडाकोटको गरिमा बढेको बताउँदै उहाँले भोलीको खेलमा जित हासिल गरे गँैडाकोटको गरिमा झन् बढ्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेसम्मको प्रदर्शनले महिलाहरुको पनि खेलप्रतिको लगाव बढाएको बताउनुभयो । यस अघिका खेलमा रहेका कमिकमजोरी हटाउँदै भोलीको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सुझाब समेत गैँडाकोट उपप्रमुख कंडेलले व्यक्त गर्नुभएको छ । 

 

महिला खेलाडीलाई हौसला दिन गैँडाकोट उपप्रमुख काठमाण्डौँमा - YouTube 

 


कार्तिक १० गते गँैडाकोटले हेटौँडा उपमहानगरपालिकालाई १–० ले पराजित गरेको थियो । भोलीको खेलमा तुलसीपुरलाई पनि पराजित गर्न सफल भए गँैडाकोट अर्को चरणमा प्रवेश गर्नेछ । भोलीको खेल विहान ९ बजे सातदोबाटोमा रहेको एन्फाको खेल मैदानमा हुनेछ । 


पालिकाहरुमा रहेका खेलाडिहरुको क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय टीम बनाउने उद्देश्ले एन्फाले यो प्रतियोगिता गरेको जिल्ला फुटबल संघ नवलपुरका महासचिव लक्ष्मण कार्कीले बताउनुभयो । गत मंगलबार गैँडाकोटबाट २० जना खेलाडी अन्य पदाधिकारी गरि करिब २४ जनाको टोली काठमाण्डौँ गएको थियो । गैँडाकोट फुटबल टिमको एकराम थापा र मञ्जिल श्रेष्ठले प्रशिक्षक र सहायक प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको छ । टिम म्यानेजरको रुपमा गैँडाकोट महिला फुटबल क्लब अध्यक्ष दिलकुमारी घिमिरे सहभागि हुनुभएको लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।