नेता कंडेलले एमाले गैँडाकोटको अध्यक्षमा उम्मेदवारी दिने 

२०७८ कार्तिक ९ मंगलबार ०८:३८:०० मा प्रकाशित


गैँडाकोट । नेकपा एमाले गैँडाकोटका युवा नेता नवराज कंडेलले एमाले गैँडाकोटको नगरअधिवेशनका लागि आफुले अध्यक्ष पदमा उमेदवारी दिने बताउनुभएको छ ।  विजय एफएमसंग कुरा गर्दै नेता कंडेलले पार्टी छिन्न भिन्न भएको अवस्थामा पनि आफूले पार्टीलाई सम्हालेर एकढिक्का बनाएको बताउँदै आगामी दिनमा पार्टीको एकताका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने उहाँको भनाइ छ । पार्टीको एकता र सुदृढिकरण नै आफ्नो प्रमुख एजेण्डामध्येको एक रहेको बताउनुभयो । कंडेलले विगतमा पार्टी दुइधारमा रहेर कठिन परिस्थितिमा अघि बढेको सन्दर्भमा कंडेलले संस्थापन पक्षमा रहेर पार्टीको नेतृत्व गर्नुभएको थियो । राष्ट्रिय राजनीतिमा पार्टी टुक्रिएको अवस्थामा गैँडाकोटमा पार्टीलाई एकढिक्का राख्न आफुले योगदान दिएको भन्दै आगामी दिनमा पार्टीको एकता निरन्तरताका लागि आफुले पार्टीको नेतृत्व सम्हाल्ने कंडेलको भनाइ छ । 


गैँडाकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष समेत रहनुभएका नेता कंडेल युवासंघको राजनितिबाट अगाडी आउनभुएको हो । एमाले गैँडाकोटको एकताको प्रथम नगरअधिवेशन यहि कार्तिक ११ गते हुदैछ । सहमति र सहकार्यका नाममा उम्मेदवारी घोषणा गर्न एमालेका नेताहरु हिच्कीचाइरहेको बेला नेता कंडेलको उम्मेदवारी घोषणाले अरुलाई पनि सहज बनाउने एमाले कार्यकर्ताहरुको भनाइ छ । उम्मेद्वारहरुलाई स्वेच्छिक घोषणाका लागि अन्तरपार्टी निर्देशनबाट रोक नलगाइएको नेकपा एमाले नवलपुरका जिल्ला सचिव जिवन श्रेष्ठले विजय एफएमको विजय खबर समाचार बुलेटिनमा कुराकानी गर्ने क्रममा बताउनुभएको छ ।