गैँडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको सातौँ अधिवेशन भोली हुने

२०८३ जेठ २९ शुक्रबार १८:२१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोली (शनिबार) बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने भएको छ ।


निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भइसकेको निर्वाचन संयोजक जनकराज ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष पदका लागि बिपिनभक्त अधिकारी, दुर्गाजित कुँवर र ज्ञानेन्द्र प्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदमा कृष्णप्रसाद काफ्ले, कृष्ण पौडेल, कृष्ण सापकोटा र भूपेन्द्र कुँवर प्रतिस्पर्धामा रहेका छन्।


त्यसैगरी, सचिव पदमा चार जना, कोषाध्यक्ष पदमा तीन जना, सहसचिव पदमा चार जना तथा लेखा संयोजक पदमा दुई जनाको उम्मेदवारी परेको छ । अन्य सदस्य पदहरूमा पनि आवश्यक संख्याभन्दा बढी उम्मेदवारी दर्ता भएका छन् ।


मतदान जनक नमुना माध्यमिक विद्यालय, आर्दश ब्लक परिसर, गैँडाकोट-५ मा सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ । मतदान सम्पन्न भएपछि मतगणना कार्यालय परिसरमै गरिनेछ भने मतगणनापछि निर्वाचन परिणाम घोषणा तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरिने निर्वाचन संयोजक ढुंगानाको भनाई छ ।
 

ताजा खबर