गैंडाकोटमा मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन
गैंडाकोट । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु काठमाण्डौंको आयोजनामा गैंडाकोटको विजय विकास स्रोत केन्द्रको सभाहलमा बुधबारदेखि मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन SAFER Initative सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुभारम्भ भएको छ ।
कार्यक्रममा मदिरा नियन्त्रण र नियमन सम्बन्धि विषयमा सरोकारवाला पक्षहरुबिच छलफल तथा अन्तरक्रिया भएको थियो । तीन दिन सम्म चल्ने सो कार्यक्रममा विभिन्न तीस जिल्लाका पालिका उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, शिक्षक, नर्स लगायतको सहभागिता रहनेछ ।
सो कार्यक्रममा राष्ट्रिय स्वास्थ्य,शिक्षा,सूचना तथा सञ्चार केन्द बरिष्ठ जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले नेपालमा मदिरा सेवनको अवस्था र मदिरा नियन्त्रणको परिदृश्य, भरतपुर अस्पतालका मानसीक रोग विशेषज्ञ डा. सिर्जना भुर्तेलले रक्सि सेवनले पार्ने शारिरीक,मानसिक र सामाजिक असरहरु, जिल्ला ट्राफिक कार्यालय नवलपुर प्रमुख कुशलकुमार बर्तौलाले मादक पदार्थ सेवनका कारण हुने सवारी दुर्घटनाको अवस्था, विश्व स्वास्थ्य संगठन डा. रश्मिना मानन्धरले मदिरा नियन्त्रण सम्बन्धि निति तथा नियमावली सम्बन्धि विषय एवं मदिरा नियन्त्रण तथा नियमनका विषयमा सेफर विधिका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सरोकारवाला पक्षहरु बिच मदिरा नियन्त्रणका सवालमा छलफल भएको थियो । सो कार्यक्रममा गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला,खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेती, कालिका नगरपालिका उपप्रमुख विमला तामाङ, देवचुली नगरपालिका उप प्रमुख पार्वती तिवारी, देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङ, विनय त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वरिष्ठ स्वास्थ्य प्रशिक्षक प्रशासक नोद नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द वरिष्ठ जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले गर्नुभएको थियो ।