एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको समीकरण पुरा, नेपालले थाइल्याण्डसँग खेल्ने
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । आज समुह चरणका सबै खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देश र क्वाटरफाइनलको समीकरण टुंगो लागेको हो । जस अनुसार समुह ए बाट थाइल्याण्ड र जापान, समुह बी बाट युएई र ओमान, समुह सी बाट इन्डोनेसिया र मलेसिया र समुह डी बाट हङकङ र नेपाल क्वाटरफाइनलमा पुगेका छन् ।
अब क्वाटरफाइनलका खेलहरु (भोली) बुधबार हुदैछन् । जसमा नेपालले थाइल्याण्डको सामना गर्ने भएको छ भने हङकङले जापानको सामना गर्ने भएको छ । यी दुवै खेल बिहान सवा ७ बजेदेखि शुरु हुने छन् । त्यस्तै, युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वाटरफाइनलमा खेल्ने तय भएको छ । यी दुवै खेल विहान ११ः ४५ बजेदेखि शुरु हुने छन् । १८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुनेछन् ।