गैंडाकोटमा एक महिने निःशुल्क बाद्यवादन तालिम सुरु
गैडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोटमा निःशुल्क बाद्यवादन तालिम सुरु भएको छ। गैडाकोट वडा नं ५ मातृभूमि टोल विकास संस्थाको आयोजनामा टोलका सदस्यहरूको लागि एक महिने बाद्यवादन तालिम सुरु भएको हो। टोल विकास संस्थाभित्र हुने विभिन्न भजन कृतन लगायतका सांगीतिक कार्यक्रममा टोल सदस्यहरूलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले वाद्यवादन तालिम सिकिसकेपछि आफूले सिकेको सीप तालिममा सहभागी नहुनुभएका सदस्यलाई पनि सिकाउन आग्रह गर्नुभयो। वडा अध्यक्ष सापकोटाले टोल विकास संस्थामा भएका विभिन्न सांगीतिक कार्यक्रमहरूमा पनि उपयोग गर्न जोड दिनुभयो ।
मातृभूमि टोल विकास संस्थाको अध्यक्ष बिन्दु सापकोटा लामिछाने तालिममा राम्रोसँग सिकेर दक्ष हुन सबैलाई आग्रह गर्नुभयो।
मातृभूमि टोल विकास संस्थाका सल्लाहकार संयोजक केशवप्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा मातृभूमि महिला कृषि समूहकी अध्यक्ष राधा कण्डेल ,संस्थापक कोषाध्यक्ष कृष्ण ज्ञवाली लगायत टोलबासीको उपस्थिति रहेको थियो।
संस्थाका कोषाध्यक्ष कृष्ण काफ्लेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाको सहसचिव विष्णु सापकोटा रिमालले गर्नुभएको थियो।
बाद्यवादन तालिममा २० जनाको सहभागिता रहेको छ भने तालिमको प्रशिक्षकका रूपमा रविलाल सापकोटा रहनुभएको छ।