नवलपुरमा समानुपातिकमा पनि घण्टी टिनिनिनि

२०८२ फाल्गुण २४ आइतबार १५:५७:०० मा प्रकाशित


नवलपुर । नवलपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ पनि रास्वपा धेरै अघि रहेको छ । आइतबार दिउँसो ३ बजेर ४१ मिनेटसम्मको तथ्यांकमा रास्वपाले ३० हजार ८ सय १२ मत प्राप्त गरेको छ । 


नेपाली काँग्रेसले १० हजार ६ सय ९८, नेकपा एमालेले ५ हजार ६ सय २४ मत प्राप्त गरेको छ ।  नेपाली कम्युनिष्ट पार्टीको  ९ सय ९५, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३ सय ७८ र श्रम संस्कृति पार्टीको १२ सय २५ मत रहेको छ । कावासोतीको ८, ९, १०, ११, १२ को मतगणना जारी रहेको छ ।