‘जेन-जी’ आन्दोलनका क्रममा कारागारबाट फरार एक कैदी पक्राउ

२०८२ फाल्गुण २४ आइतबार १७:०६:०० मा प्रकाशित

रौतहट । गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका-४ का ४० वर्षीय रामनरेश साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो ।

 

लागुऔषध गाँजा तथा हातहतियार खरखजनासम्बन्धी कसुरमा दोषी ठहर भई कैद सजाय भोगिरहेका साह  ‘जेन-जी’ आन्दोलनको समयमा कारागार कार्यालय गौरबाट फरार भएका थिए । फरार भएका उनलाई गौर नगरपालिका-१ क्षेत्रबाट पक्राउ गरेको र आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय गौर पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णु प्रदिप बस्यालले बताए ।