नवलपुर १ मा समानुपातिकमा पनि ५० हजार कटायो रास्वपाले
नवलपुर । नवलपुर क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ पनि रास्वपाले ५० हजार मत कटाएको छ ।
रास्वपाले ५० हजार ८ सय ४६ मत प्राप्त गरेको छ ।
नेपाली काँग्रेसले १५ हजार ९०, नेकपा एमालेले ८ हजार ८ सय ६६ मत प्राप्त गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीको १६ सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीको २४ सय २ र श्रम संस्कृति पार्टीको २२ सय ५३ मत रहेको छ ।