नारी दिवसको अवसरमा गैंडाकोटमा महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

२०८२ फाल्गुण २४ आइतबार १८:१५:०० मा प्रकाशित

गैंडाकोट । नारी दिवसको अवसरमा गैंडाकोटमा महिला टिमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

विकास अनुशासन गतिशिलता ,स्वास्थयको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ,सष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्ने मूल नाराका साथ ११६ औ नारी दिवस को अवसरमा आइतबार गैडाकोटमा फुटबल प्रतियोगिता गरिएको छ । गैंडाकोट ३,४,८ मा रहेको गैडाकोट क्षेत्रीय रङ्गशालामा प्रतियोगितामा भएको हो।

महिला फुटबललाई प्रोत्साहित गर्न र महिला फुटबलको विकास गर्नको लागि मैत्रीपूर्ण प्रतियोगिता गरिएको गैडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले दुईवटा टिम सहभागिता गराएर फुटबल खेलाइएको बताउनुभयो।

प्रतियोगितामा सुधा परियारको टिम र आयुष्मा घर्तीको टिमबीच मैत्रीपूर्ण फुटबल भएको थियो। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरमा सुधा परियारको टिम विजयी भएको हो। प्रतियोगिताको रेफ्रीका रुपमा अनमोल बिक रहनुभएको थियो। प्रतियोगितामा जिल्ला बक्सिङ सङ्घ नवलपुरका बरिष्ठ उपाध्यक्ष दलबहादुर राना , फुटबल प्रशिक्षक एवं राष्ट्रिय एथलेटिक्स रेफ्री सुभाष तामाङ लगायत खेलकुद प्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो।