धौलागिरी टोलको शुभकामना कार्यक्रम सम्पन्न

गँैडाकोट । नेपालीहरुको महान चाडपर्व विजय दशमी, शुभ दीपावली, छठ २०७८ एवं नेपाल सम्वत ११४२ को शुभ अवसरमा धौलागिरी टोल विकास संस्थाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पंन गरेको छ । कार्यक्रममा गैडाकोट नगरपालिका वडा न. २ का अध्यक्ष ध्रुवराम पैडेलको प्रमुख आतिथ्यातामा सम्पन भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले टोलविकास संस्थाले वडामा धेरै राम्रो भुमिका खेलेको बताउनुभयो । सम्पूर्ण वडाबासीलाई शुभकामना दिदै वडा अध्यक्ष पौडेलले दशैँलाई गच्छेअनुसार मनाउन आग्रह गर्नुभयो । धौलागिरी टोल विकास संस्थाका प्रतिनिधि टोलबासी लगायतको उपस्थिती रहेको कार्यक्रममा शुभकामना आदान प्रदान गरि शुभकामना साटा साट गरी सम्पन गरीएको टोल विकास संस्थाका अध्यक्ष विष्णुमाया पन्थिले जानकारी दिनुभयो ।