गण्डकी प्रदेशलाई आज साक्षर प्रदेश घोषणा गरिंदै

२०७८ असोज २४ आइतबार ०८:०८:०० मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशलाई आज साक्षर प्रदेश घोषणा गरिंदैछ । 
प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर प्रदेश घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । उहाँले पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालयमा निर्मित साक्षरता स्तम्भ अनावरण गर्ने कार्यक्रम छ । त्यस लगत्तै पोखरा सभागृहमा हुने गण्डकी प्रदेश साक्षर घोषणा मूल समारोहमा सरिक हुने कार्यक्रम तय भएको छ ।
प्रदेशका ८५ पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्ने तयारी प्रदेश सरकारको छ ।