नवलपुरका थप २ पालिकामा द्वन्द्व प्रभावित महिला तथा बालिकाको पहिचान गरी समिक्षा 

२०८२ असार ३१ मंगलबार ०८:१२:०० मा प्रकाशित

नवलपुर । नवलपुरको थप  २ पालिकामा सोमबार द्वन्द्व प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान गरी समिक्षा गरिएको छ। 
बुलिङ्टार गाउँपालिकामा १७ जना र बौदीकालि गाउँपालिकामा  २१ द्वन्द्व प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान गरी समिक्षा गरिएको विजय विकास स्रोत केन्द्रका “न्यायका लागि साहस ३.० परियोजना”का कार्यक्रम संयोजक नर्मदा पाण्डेले बताउनुभयो ।
विजय विकास स्रोत केन्द्र र द स्टोरी किचनको आर्थिक सहयोग तथा बुलिङ्टार गाउँपालिका र बौदीकालि गाउँपालिकाको आयोजनामा पालिकामा कार्यक्रम सम्पन्न भयो। सो अवसरमा संकलित तथ्याङ्क पालिकालाई हस्तान्तरण गरिएको छ।


गृह मन्त्रालयद्धारा जारी महिला, शान्ति र सुरक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव १३२५ र १८२० अन्तर्गत दोस्रो राष्ट्रिय कार्ययोजना बुलिङ्टार गाउँपालिका र बौदीकालि गाउँपालिकाले कार्यान्वयन सम्पन्न गरेको हो । समितिको समष्टिगत आवश्यकता पहिचान उपसमिति र विजय विकास स्रोत केन्द्रको “न्यायका लागि साहस ३.० परियोजना”द्वारा यो पहल अघि बढाइएको हो।
बुलिङ्टार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले द्धन्द्धप्रभावितका लागि राज्य र सरोकारवालाले कर्तव्य बुझ्नुपर्ने बताउनुभयो । स्थानीय सरकाले सक्ने काम गर्ने बताउनुभयो । 
बुलिङ्टार गाउँपालिकाका प्रमुख  प्रशासकिय  अधिकृत रामचन्द्र भुषाल, वडा नम्बर ३ का वडा अध्यक्ष विष्णुविर जर्घा मगर लगायतले आफ्नो  र पालिकाले गर्न सक्ने काम  र सहजिकरण गर्ने बताउनुभयो  ।  
बौदीकाली गाउँ पालिकाका अध्यक्ष प्रकाश ओझाले द्वन्द्व प्रभावितका लागि कानुन र नीति अनुसार योजनाबद्ध रुपमा अघि बढ्ने बताउनुभयो। 
गाउँपालिकाका उपाध्यक्ष डिल कुमारी के.सी.ले पालिकाले गर्न सक्ने काम गर्ने बताउनुभयो । 
विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक दिपनारायण सापकोटाले प्रभावित महिलाहरूको पहिचान आवश्यकता, स्वास्थ्य, रोजगार, परिपूरणका बारेमा बताउनुभयो । 
सो कार्यक्रममा कार्ययोजना कार्यान्वयन समितिका पदाधिकारी, सरोकारवाला, प्रभावित महिला, द्धन्द्ध पिडित सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देल लगायतको उपस्थिती रहेको थियो ।
यसअघि नवलपुरको गैँडाकोट नगरपालिकामा ४९ जना र देवचुली नगरपालिकामा ५४ जना, कावासोती नगरपालिकामा ९० जना, विनयी त्रिवेणी गाउँपालिकामा ४१ जना , मध्यविन्दु नगरपालिकामा ४५ जना, हुप्सेकोट गाउँपालिकामा २३ जना द्वन्द्व प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान गरी समिक्षा गरिएको छ।