गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २ सय ४, मनाङमा २ सय ३३, लमजुङमा एक हजार २ सय १०, कास्कीमा दुई हजार आठ, तनहुँमा एक हजार ५ सय ७३ , स्याङ्जामा एक हजार ९ सय ४७, नवलपुरमा एक हजार ५ सय ४३, मुस्ताङमा २ सय ६६, म्याग्दीमा ७ सय ६५, बागलुङमा एक हजार २ सय ९८ र पर्वतमा ९ सय ६५ जना निर्वाचन प्रहरी परिचालन हुनेछन् ।
नेपाल प्रहरीतर्फ गोरखामा एक हजार तीन, मनाङमा १ सय ६३, लमजुङमा ६ सय ६, कास्कीमा ९ सय ५७, तनहुँमा ८ सय ३८, स्याङ्जामा ९ सय ४०, नवलपुरमा ८ सय १८, मुस्ताङमा २ सय २, म्याग्दीमा ४ सय ११, बागलुङमा ६ सय ५८ र पर्वतमा ४ सय ३९ जना खटिने छन् ।
एघार वटै जिल्लामा निर्वाचन प्रहरीको छनोट भई नियुक्ति र तालिम प्रक्रिया सुरू भएको छ । निर्वाचन प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षानिकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिकलाई प्राथमिकताका साथ समावेश गरिएको जनाइएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ ।