जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरुको सम्झनामा शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि सहिद परिवार, घाइते परिवारलगायत युवाहरुले दीप प्रज्वलन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा संसद् भवन आसपासका क्षेत्रमा धेरै युवाहरु सहिद भएका थिए। दीप प्रज्वलनमा सहभागीहरुले सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।