नेपालद्वारा जिम्बाब्वे छ विकेटले पराजित
काठमाडौं । आइसिसी महिला टि- २० विश्वकपको ग्लोबल छनोटमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो ।
नेपालको जितमा पूजाले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएकी हुन् । कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ तथा सीता रानामगरले ११ रनको योगदान गरेका थिए । प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक एक विकेट लिएका थिए ।