ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १४ को अध्यक्षमा उमानन्द चालिसे चयन

२०८२ माघ १० शनिबार १७:०४:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १४ को साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार गैंडाकोट १४ स्थित ज्येष्ठ नागरिक वडासंघ, विश्रामआश्रम भेलनटाडीमा सम्पन्न भएको छ ।

 

ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष ओमप्रकाश कंडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट १४ का वडाअध्यक्ष कोकीशरा राना मगर रहनुभएको थियो । अध्यक्ष मगरले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँहरूको सेवाका लागि परिवारका सबै सदस्य जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकका लागि वडाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 


कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने, महिला समुहबाट कुन्तादेवि पौडेल, सम्मानित हुनेबाट मेघनाथ सापकोटा, सल्लाहकार केशवप्रसाद घिमिरे, बुद्धिजीवी व्यक्तित्व मेघनाथ पौडेल, भवानी रिजाल, सोमनाथ पौडेल, यमप्रसाद शर्मा लगायतले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।


अधिवेशनबाट उमाकान्त चालिसेको अध्यक्षतामा १३ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा रामप्रसाद कंडेल, सचिवमा भोजराज पराजुली, कोषाध्यक्षमा यमनारायण आचार्य र सहसचिवमा गिता पौडेल रहनुभएको छ ।


त्यस्तै, समितिको सदस्यहरूमा परमानन्द कंडेल, गुरुदत्त पौडेल, एकरत्न पौडेल, गिता पौडेल, नारायण पण्डित, विष्णु नारायण आचार्य र महेश्वर पौडेल चयन हुनुभएको छ । त्यसैगरी, नगर प्रतिनिधि सदस्यमा ओमप्रसाद कंडेल, चन्द्रप्रसाद पराजुली र युगेन्द्र कोइराला रहनुभएको छ । 


कार्यक्रममा ज्येष्ठ नागरिक वडा संघका सदस्य रामप्रसाद कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव उमानन्द चालिसेले सहजीकरण गर्नुभएको थियो ।


ज्येष्ठ नागरिक संघ गैंडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले माघभित्र नगरभित्रका सबै वडामा ज्येष्ठ नागरिक संघ गठन गरिसक्ने जानकारी समेत दिनुभएको छ । उहाँका अनुसार हालसम्म १३ वटा वडामा ज्येष्ठ नागरिक वडा संघ गठन भइसकेको छ ।


निर्वाचन संयोजक कृष्ण प्रसाद पराजुलीले निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र प्रदान गर्नुका साथै सपथ ग्रहण समेत गराउनुभएको थियो ।  कार्यक्रममा १ सय २० जना आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो भने ज्येष्ठ नागरिकको सम्मान गरेबापत ८ जनालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा १ सय ५० जना ज्येष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।