नवलपरासी पूर्व क्षेत्र नं. १ मा चार जना स्वतन्त्र उम्मेद्वार

२०८२ माघ ८ बिहीबार १६:४०:०० मा प्रकाशित


नवलपरासी पूर्व । नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं. १ मा फागुन २१ गते हुने निर्वाचनमा ४ जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । कावासोती १३ का ४६ वर्षका गोकुल शर्मा, कावासोती १ का ५४ वर्षका लक्ष्मण श्रेष्ठ, देवचुली १४ का विन्दु केसी र गैँडाकोट १४ का अविनास सुनारको उम्मेद्वारी रहेको छ । निर्वाचन आयोगका तालिका अनुसार माघ ९ गते उम्मेद्वारी फिर्ताको समय रहेको छ । स्वतन्त्र उम्मेद्वारी दिएकाहरुले फिर्ता नलिए फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा ४ जना स्वतन्त्र उम्मेद्वार निर्वाचनमा रहनेछन् । विभिन्न दलका १५ उम्मेद्वार पनि चुनावी मैदानमा रहेका छन् । नेपाली काँग्रेसको तर्फबाट दुई जना उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । अहिलेसम्म कसलाई आधिकारिता दिने भन्ने विषय नेपाली काँग्रेसले टुंग्याउन सकेको छैन ।