ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १० को अध्यक्षमा चतुरमान प्रधान चयन

२०८२ माघ ६ मंगलबार १६:२९:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १० को साधारण सभा तथा दोस्रो अधिवेशन मंगलबार गैंडाकोट १० स्थित कोटीहोम आश्रमको सभाहलमा सम्पन्न भएको छ ।

 

ज्येष्ठ नागरिक वडा संघका उपाध्यक्ष रविलाल कंडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट १० का जनप्रतिनिधि तथा जिल्ला समन्वय समिति सदस्य लिला पौडेल रहनुभएको थियो । उहाँले ज्येष्ठ नागरिक राष्ट्रका गहना रहेको हुँदा उहाँको सम्मान र हेरचाहमा सबै सधै लागी पर्नुपर्ने बताउनुभयो । 


कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने, कोटिओम आश्रमका पिठाधिस खेचरनाथ गुरुजी लगायतले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।


अधिवेशनबाट चतुरमान प्रधानको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा रविलाल कंडेल, सचिवमा धु्रव अधिकारी, कोषाध्यक्षमा कुलनाथ कंडेल र सहसचिवमा हिरा आचार्य रहनुभएको छ ।


समितिको सदस्यहरूमा पुर्णमाया चुडाल, भद्रलाल गौतम, धर्मदत्त सापकोटा, मणीभद्र रेग्मी, शिवलाल कंडेल र मनरुपा जैशी चयन हुनुभएको छ । त्यसैगरी, नगर प्रतिनिधि सदस्यमा चन्द्रदत्त जैशी, मनोहरी कंडेल र मानवहादुर कंडेल रहनुभएको छ । 


कार्यक्रमको ज्येष्ठ नागरिक वडा संघका सचिव मानवहादुर कंडेलले सहजीकरण गर्नुभएको थियोे । ज्येष्ठ नागरिक संघ गैंडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले माघभित्र नगरभित्रका सबै वडामा ज्येष्ठ नागरिक संघ गठन गरिसक्ने जानकारी समेत दिनुभएको छ । उहाँका अनुसार हालसम्म ९ वटा वडामा ज्येष्ठ नागरिक वडा संघ गठन भइसकेको छ ।


निर्वाचन आयोगका संयोजक कृष्णप्रसाद पराजुलीले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण समेत गराउनुभएको थियो ।