ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १५ को अध्यक्षमा नन्दलाल सापकोटा चयन
गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट–१५ को साधारण सभा तथा दोस्रो अधिवेशन सोमबार वडा नं १५ स्थित नर्मदेश्वर शिवालय मन्दिरको सभाहल अमारापुरीमा सम्पन्न भएको छ ।
नन्दलाल सापकोटाको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा रत कुमारी आचार्य, सचिवमा घनश्याम पराजुली, कोषाध्यक्षमा हिराप्रसाद खरेल र सहसचिवमा बद्रि प्रसाद पराजुली चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा मणीभद्र सापकोटा, सुर्य बहादुर रानाभाट, डिलकुमारी ढकाल, रामकान्त कडेंल, पुर्णकला आचार्य, केदार सापकोटारहनुभएको छ । नगरप्रतिनिधीहरुमा गेप्रसाद रानाभाट,नारायण प्रसाद तिवारी,नेत्रलाल लामिछाने चयन हुनुभएकोे छ ।
कार्यक्रममा गैंडाकोट वडा नं. १५ का वडाध्यक्ष प्रेमराज तिमल्सिनाले ज्येष्ठ नागरिकहरुले ल्याएका प्रस्तावहरु पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघका अध्यक्ष मुक्तिनाथ न्यौपानेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै ज्येष्ठ नागरिकको हकहितका लागि प्रत्येक वडामा समिति गठन गर्नेकार्य भइरहेको बताउनुभयो ।
समाजसेवी तथा ज्येष्ठ नागरिक सल्लाहकार निवृत्त शिक्षक दशरथ तिवारीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष गेप्रसाद रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको ज्येष्ठ नागरिक नगर सदस्य प्रेम शर्मा रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको निर्वाचन आयोगका संयोजक कृष्णप्रसाद पराजुलीले सहजीकरण गर्नुभएको थियो । पराजुलीले निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र दिनुका साथै सपथ ग्रहण समेत गराउनुभएको थियो ।