ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट-३ को अध्यक्षमा नर बहादुर कुवर चयन

२०८२ माघ ४ आइतबार १७:१५:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट-३ को साधारण सभा तथा दोस्रो अधिवेशन आइतबार वडा नं ३ को वडा कार्यलयको सभाहल ढोडेनीमा सम्पन्न भएको छ ।


ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष टेकप्रसाद रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैंडाकोट वडा नं. ३ का वडाध्यक्ष शिवकान्त तिवारी प्रमुख अतिथि रहनुभएको थियो । ज्येष्ठ नागरिकको हकहितका लागी वडाले कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिँदै जाने  अध्यक्ष तिवारीले बताउनुभयो । 


कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघका अध्यक्ष मुक्तिनाथ न्यौपानेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै ज्येष्ठ नागरिकको हकहितका लागि प्रत्येक वडामा समिति गठन कार्य भइरहेको बताउनुभयो ।  


निर्वाचन आयोगका संयोजक कृष्णप्रसाद पराजुलीले नर बहादुर  कुवरको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा बालकुमारी तिवारी, सचिवमा धनबहादुर चितौरे, कोषाध्यक्षमा तिर्थराज पोखरेल र सहसचिवमा ओम बहादुर सारु चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा मोती माया बि.क, जित कुमारी सिञ्जाली, हर्क बहादुर सुनारी, कृष्ण बहादुर गुरुङ, थिम कुमारी थापा, टेक बहादुर थापा रहनुभएको छ । नगरप्रतिनिधीहरुमा टेक प्रसाद रिमाल, भुपाल आले र  भक्तबहादुर सुनारी चयन हुनुभएकोे छ ।

 


नरबहादर कुवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको निर्वाचन आयोगका संयोजक कृष्णप्रसाद पराजुलीले सहजीकरण गर्नुभएको थियो । पराजुलीले निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र दिनुका साथै सपथ ग्रहण समेत गराउनुभएको थियो ।