विजयश्रीकृषि उपभोक्ता सहकारी स्थानीय रुचि, चाहना र आवश्यकता अनुसार अघि बढ्ने
नवलपरासीपूर्व । विजयश्री कृषि उपभोक्ता सहकारी संस्था लिमिटेडले मंगलबार तेस्रो वार्षिक साधारण सभा गरेको छ । संस्थाको केन्द्रीय कार्यालय परिसरमा भएको कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष श्रीराम सुवेदीले सक्षम संस्था, गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टि प्रदान गर्न नयाँ आयाम र सिर्जनशीलताको आवश्यकताको महशुस भएको बताउनुभएको छ ।
संस्थाले ७ करोड ६५ लाख १८ हजार २ सय ३८ रुपँैया शेयर पुँजी बढाएर ७ करोड ८० लाख पु¥याउने लक्ष्य लिएको छ । सहकारीले स्थानीय उपभोक्ताको रुचि, चाहना र आवश्यकताको आधारमा उपभोग्य वस्तु खरिद बिक्रिको व्यवस्थापन गरिने कार्यक्रम अघि सारेको छ ।
संस्थाका कोषाध्यक्ष डिलाराम सापकोटाले गत असार मसान्तसम्म संस्थाको ८२ करोड ६३ लाख ९ हजार ४३ रुपैँया कुल सम्पत्ति रहेको बताउनुभयो । असार मसान्तसम्म १ करोड ५० लाख ४९ हजार व्यापारिक तथा अन्य दायित्व संस्थाको रहेको छ । लेखा समितिका संयोजक विष्णुप्रसाद सापकोटाको प्रतिवेदनमा संस्थाको कारोबारलाई खरिद बिक्रिमा समेत सिमित नराखी स्थानीय उत्पादन सामग्रीको प्रशोधन, प्याकेजिङ, लेवलिङ, थोकविक्रि तथा सप्लायरको समेत काम गर्ने गरी व्यवसायिक कारोबारको विभेदीकरणका साथ संस्था सञ्चालन गर्न सुझाब दिइएको छ ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक गोपालप्रसाद गौतमले विजयश्री कृषि उपभोक्ता सहकारीको सफलताको शुभकामना प्रदान गर्नुभएको छ ।