बिक साकोसले प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण सम्बन्धी प्रशिक्षार्थी अभिमुखीकरण कार्यक्रम गर्यो ।
गैँडाकोट । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण प्रशिक्षार्थी अभिमुखीकरण कार्यक्रम गरेको छ।
बिहीबार विजय विकास स्रोत केन्द्रको सभाहलमा चितवनको टाँडी देखि नवलपरासी (बर्दघाट सुस्तापूर्व )दुम्कीबास सम्मका २४ वटा सेवा केन्द्र भित्रका जेन्जी पुस्ताहरूलाई समेटेर कार्यक्रम गरेको हो ।
बिकु बचतको सेवाबाट सदस्यहरू कति खुसी छन् र प्रविधि साक्षरता शिक्षाको बारेमा कति जानकार छन् भन्ने उद्देश्यले करिब ८१ जना प्रशिक्षार्थीहरु प्रत्येक सदस्यको घरमा पुगेर तत्थ्यांक संकलन गर्ने संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदीले बिकुको मोबाइललाई नै वालेट बनाउन खोजेको हुँदा मोबाइल एप्समा उपलब्ध सेवाहरु के के छन् र त्यो सेवाहरूलाई कसरी सदस्यलाई बुझाउने, पढाउने र सिकाउन सकिन्छ त्यसको बारेमा जानकारी सँगै प्रविधि साक्षरता भित्र के के छ ,सबै सदस्यलाई थाहा हुनु जरुरी रहेको हुदा सर्वे गर्न लागिएको बताउनुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले प्रविधि साक्षरता र सबै वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउनको लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अधिकृत पौडेलले प्रविधि साक्षरतालाई यो वर्ष करिब ८०% पुर्याउने संस्थाको उद्देश्य रहेको बताउनुभयो । यति धेरै प्रशिक्षार्थीहरु बाट सहकारीको बारेमा तथ्यांक संकलन गर्ने नेपालमै पहिलो भएको पौडेलले बताउनुभयो । प्रशिक्षार्थीहरुले गर्ने कामबाट सिकाई सँगसँगै भविष्यको गोरेटोको पनि सुरुवात हुने उहाँले बताउनुभयो । सर्वे बाट आएका तथ्यांकहरुलाई इन्टरनेसनल जनरलमा पनि प्रकाशित हुने भएकोले प्रशिक्षार्थीहरूले तथ्यांक संकलन गर्दा गम्भीरताका साथ जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा संस्थागत प्रस्तुती , प्रविधि प्रयोग तथा सर्भेको डेमो प्रस्तुति साथै सर्वेक्षणमा प्रशिक्षार्थीको काम, कर्तव्य, जिम्मेवारी, भुमिका र सदस्यसँगको ब्यवहार बारेमा प्रशिक्षाथी हरु लाई जानकारी गराईएको थियो ।
संस्थाले हरेक वर्ष कुल सदस्यको १०% मात्र सदस्य सर्भे गर्ने गरेकोमा प्रविधि साक्षरतालाई यो वर्ष करिब ८०% पुर्याउनको लागी अहिले सदस्यलाई प्रविधिको बारेमा शिक्षा दिने, वित्तिय कारोवारलाई डिजिटल रुपमा प्रयोग गर्न सिकाउन,सेवाहरुको बारेमा जानकारी दिने सस्थाले जनाएको छ ।
प्रशिक्षार्थीहरूलाई विकु संस्थाको बारेमा मानव संसाधन व्यवस्थापन विभागका वरिष्ठ अधिकृत मदन सापकोटाले जानकारी गराउनुभएको थियो भने प्रविधि साक्षरताको बारेमा संस्थाका आइटी प्रमुख रोशन चापागाईंले जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका कर्जा विभागका वरिष्ठ अधिकृत पूर्ण सापकोटाले गर्नुभएको थियो। सर्वे कार्यक्रम चैत्र ५ देखि शुरु भई चैत्र ३० गते सम्म सञ्चालन हुनेछ ।
