ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १३ को अध्यक्षमा खुशीराम ढकाल चयन

२०८२ पौष २७ आइतबार १७:१५:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १३ को साधारण सभा तथा दोस्रो अधिवेशन आइतबार मध्यविन्दु कार्यालय बेल्डियाको सभाहलमा सम्पन्न भएको छ ।

 

संघका अध्यक्ष नरहरी कंडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट १३ का वडा अध्यक्ष  मधुकर मल्ल रहनुभएको थियो । उहाँले ज्येष्ठ नागरिक राष्ट्रका गहना रहेको हुँदा उहाँको सम्मान र हेरचाहमा सबै सधै लागी पर्नुपर्ने बताउनुभयो । वडाअध्यक्ष कंडेलले ज्येष्ठ नागरिकको सहयोगका लागी वडाले सधैँ सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धधता जनाउनुभयो । उहाँले सरकारले समेत  ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा ज्येष्ठ नागरिक वडा संघका सदस्य खुशीराम ढकाल, ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने, जनप्रतिनिधी ऋषिराम गौतम, ज्येष्ठ नागरिक जिल्ला सदस्य तथा निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद पराजुली लगायतले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।


निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद पराजुलीले खुशीराम ढकालको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा अनन्त पराजुली, सचिव तीर्थ पौडेल, कोषाध्यक्ष पार्वती लामिछाने, सहसचिव भुवनेश्वरी अधिकारी  रहनुभएको छ ।


समितिको सदस्यहरूमा केशवप्रसाद उपाध्याय, मुना गुरुंग, डम्मल बहादुर थापा, कर्णबहादुर खत्री, अजितराम महत्तो, मानबहादुर परियार रहनुभएको छ । त्यसैगरी, नगर प्रतिनिधि सदस्यमा सरस्वती आचार्य, नरहरी कंडेल र नेत्रप्रसाद रिजाल रहनुभएको छ । 


यसअघि सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य ज्येष्ठ नागरिक वडासंघका उपाध्यक्ष तिलक बहादुर क्षेत्रीले राख्नुभएको थियोे भने कार्यक्रमको सहजीकरण नेत्रप्रसाद रिजालले गर्नुभएको थियोे । ज्येष्ठ नागरिक संघ गैंडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले माघभित्र नगरभित्रका सबै वडामा ज्येष्ठ नागरिक संघ गठन गरिसक्ने जानकारी समेत दिनुभएको छ । कार्यक्रममा वडाभित्रका ६५ जना ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।