नेपाली कांग्रेस गैंडाकोट-४ मा बृहत् वडा भेला सम्पन्न
गैंडाकोट । नेपाली कांग्रेस गैंडाकोट ४ वडा समितिले शनिबार पन्ध्रौं महाधिवेशनको पूर्व सन्ध्यामा जनताको साथमा नेपाली कांग्रेस अभियान तथा वडा भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति तथा गण्डकी प्रदेश सांसद महेन्द्रध्वज जिसी रहनुभएको थियो ।
नेपाली कांग्रेस नवलपुर जिल्ला उप सभापति बालकृष्ण घिमिरे, क्षेत्रीय सभापति अमृत भट्टचन, महाधिवेशन प्रतिनिधि संगिता काफ्ले घिमिरे, पूर्व जिल्ला सल्लाहकार टोलनाथ घिमिरे, प्रदेश शभा सभापति गोपाल सापकोटा, क्षेत्रीय सहसचिव तेजप्रसाद घिमिरे, नगर सभापति बद्री सापकोटा लगायतले कांग्रेसको यथार्थ चित्रण प्रस्तुत गर्दै मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा तरुण दल जिल्ला सभापति मिन घले, पूर्व वडा सभापतिहरु कृष्णप्रसाद न्यौपाने, दामोदर तिवारी, बिष्णुहरि घिमिरे, भातृ संस्थाका प्रतिनिधिहरु, नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व वडा सभापति कृष्णप्रसाद पराजुलीले गर्नुभएको थियो । उपसभापति रामचन्द्र घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहसचिवहरु डिल्लीप्रसाद घिमिरे र प्रदीप तिवारीले सहजीकरण गर्नुभएको थियो ।
