स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक राज क्षेत्री सम्मानित
गैँडाकोट । गैँडाकोटमा रहेको भूपू सैनिकहरूको सहकारी संस्था स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड का लेखा तथा सुपरिवेक्षण संयोजक वीरबहादुर क्षेत्री (राज) जीवन बीमा क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै सम्मानित हुनुभएको छ।
क्षेत्रीले जीवन बीमा क्षेत्रमा गरेको उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप -Leader Excellence Award 2025_ अन्तर्गत रत्न पदक प्राप्त गर्न सफल हुनुभएको हो । साथै उहाँ अभिकर्ताहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था Million Dollar Round Table -MDRT_ अन्तर्गत सन् २०२६ का लागि MDRT Qualify हुनुभएको छ ।
भारतीय सेनाबाट अवकांश प्राप्त गरी सफल व्यवसायीको रूपमा आफ्नो पहिचान स्थापित गर्दै जीवन बीमा क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याउनुभएका क्षेत्रीले भारतीय सेनामा २० वर्षसम्म अनुशासित, निष्ठावान् र समर्पित सेवा पश्चात् जन्मभूमि फर्किएर आफूलाई एक सफल व्यवसायीका रूपमा चिनाउँदै आउनुभएको छ । उहाँ हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नारायणगढ शाखामा सक्रिय एजेन्सी म्यानेजरका रूपमा रहनुभएको छ । आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएका क्षेत्रीले सहकारीका साथै जीवन बीमा क्षेत्रलाई सेवामूलक, विश्वासयोग्य र पवित्र पेशाका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ ।
केवल १६ महिनाको छोटो अवधिमै जीवन बीमा क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै Leader Excellence Award 2025 अन्तर्गत रत्न पदक प्राप्त गर्नु तथा अभिकर्ताहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था Million Dollar Round Table -MDRT_ अन्तर्गत सन् २०२६ का लागि MDRT Qualify हुनु उहाँको स्पष्ट लक्ष्य, निरन्तर मेहनत, इमानदारी, अनुशासन र सेवाभावको सशक्त प्रतिफल हो।
क्षेत्रीले जीवन बीमालाई केवल आम्दानीको साधनका रूपमा मात्र नभई, परिवारको भविष्य सुरक्षित गर्ने, आर्थिक स्थायित्वको आधार र कठिन समयमा मानसिक शान्ति दिने भरोसायोग्य माध्यमका रूपमा आत्मसात् गर्नुभएको छ । बीमितहरूको सुख-दुःखमा साथ दिँदै विश्वासमा आधारित दीर्घकालीन सम्बन्ध निर्माण गर्दै आउनु क्षेत्रीको कार्यशैलीको मूल विशेषता हो ।
उहाँको यो गौरवपूर्ण उपलब्धिले केवल व्यक्तिगत सफलता मात्र होइन, सेवा क्षेत्रमा विश्वास, मूल्य र नैतिकताको संस्कार विस्तार गर्न प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
यस ऐतिहासिक उपलब्धिको अवसरमा स्वतन्त्र भुपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैँडाकोट-नवलपुरकोतर्फबाट वीरबहादुर क्षेत्री (राज) लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना समेत गरेको छ ।