विकूको हर्कपुर सेवा केन्द्रमा एटिएम सेवा शुभारम्भ

२०७८ असोज २२ शुक्रबार १४:३१:०० मा प्रकाशित



असोज २२, गैँडाकोट । 
विकू वचत तथा ऋण सहकारी संस्था लिमिटेडले छैठो स्थानमा एटिएम सेवा शुभारम्भ गरेको छ । संस्थाले आज हर्कपुर शाखामा एटिएम सेवा शुभारम्भ गरेको हो । 
संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले कार्यक्रममा बोल्दै निति, बिधि र प्रबिधिको प्रयोग गर्दै बिकूले सदस्यलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले स्वस्थ सदस्य, बिग एण्ड बिगेस्ट, सिपमुलक कार्यक्रम, बित्तिय सचेतनाका कार्यक्रमलाई अगाडी बढाउदै आएको जानकारी दिनुभयो । सहकारी भावाना आत्मसाथ गर्दै काम गर्न सके सफल भइने उहाँको भनाई छ । 


यस्तै कार्यक्रममा बोल्दै गैँडाकोट वडा नम्बर १३ का वडाध्यक्ष पदमलाल पौडेलले विकू बचत संस्था देशकै लोकप्रिय संस्थाको रुपमा रहेको बताउनुभयो । एटिएम सेवा सुरु गरेर नागरिकलाई सहज हुने वाताबरण बनाएको उहाँको भनाई छ । कृषिमा छुटका साथ ऋण लगानी गर्न सके नगर विकासमा पनि विकूले भुमिका खेल्न सक्ने बताउनुभयो ।  
देवचुली  १६ का वडाध्यक्ष केशरबहादुर क्षेत्रीले विकूले सञ्चालन गरेको सेवा गुणस्तरिय रहेको बताउनुभयो । उहाँले एटिएम अन्य सेवा केन्द्रमा बिस्तार गर्नुपर्ने बताउनुभयो ।सदस्यमैत्री रहेको विकू स्वस्थ र खुशी सदस्यको नारा लिएर अगाडी बढेको बताउनुभयो । 
रत्नराज्य लक्ष्मी मावीका प्रधानध्यापक नवराज काफ्लेले एटिएम सेवा शुरु भएसँगै सबैलाई सहज हुने बताउनुभयो । 
विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका उपाध्यक्ष रामहरि शर्माले कलेजमा फाईनान्स पढाउदा विकूले गरेको काम र कारोवारको उदाहरण दिएर पढाउने गरेको बताउनुभयो । उहाँले ५० पैसावाट शुरवात गर्नु र आर्थिक फड्को मार्नु सबैका लागि उदाहरण बनेको बताउनुभयो । उहाँले क्यासलेस ईकोनोमिमा विकू जान सकोस भन्ने शुभकामना दिनुभयो । 
कार्यक्रममा संस्थाका हर्कपुर सेवा केन्द्र संयोजक बलराम उपाध्यायले सदस्यलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ एटिएम सेवा विस्तार गरिएको बताउनुभयो । एटिएम सेवा सुभारम्भ भएपछि शेयर सदस्यलाई सहज हुने उहाँको भनाई छ ।  
शुभारम्भ कार्यक्रममा जनता मावीका प्रधानाध्यापक काशीनाथ पोखरेल, विकू बचत तथा ऋण सहकारीसंस्था लिमिटेडका प्रमुख अधिकृत माधव प्रसाद पौडेल, कर्मचारी र शेयर  सदसयको उपस्थिति रहेको थियो । 
कार्यक्रममा संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिव प्रेमप्रसाद सापकोटा राजुले कार्यक्रमको सहजिकरण गर्नुभएके थियो । 
बि.स.२०४८ सालमा पैसा पैसामा शुरु भएको विकुले अहिले करिव ८ अरवको कारोवार गर्दै आएको छ ।