एसपीएम कलेजको चौंथो कलेज सभा एवम् पाँचौ व्यवस्थापन समिति पुनर्गठन कार्यक्रम सम्पन्न
गैंडाकोट । गैंडाकोटको सूर्यभक्त पतनादेवी मेमोरियल कलेज (एसपीएम कलेज) को चौंथो कलेज सभा एवम् पाँचौ कलेज व्यवस्थापन समिति पुनर्गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुनः महेन्द्रभक्त अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको छ । कलेजको विधान अनुसार बाँकी पदाधिकारी चयन हुने कलेजका प्रमुखले जानकारी दिनुभएको छ ।
कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । उहाँले आफू संस्थापक अध्यक्ष रहेको कलेजको उन्नति र प्रगतिमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग गर्ने बताउनुभयो ।
.jpg)
कलेजका प्राचार्य दीपेन्द्र पौडेलले प्रतिवेदन पेश गर्नुभएको थियोे । कलेजमा ४०० जना विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो । हाल मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायमा स्नातक तहका कक्षाहरू सन्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं २ का वडासदस्य सकिला परियार, लेखा समिति सदस्य गोविन्द लामिछाने, प्राध्यापक संघ सभापति अर्जुन गिरी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्याम बाचेमगरलगायतले शुभकामना राख्नुभएको थियो ।
.jpg)
कार्यक्रममा कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युटका प्रिन्सीपल ध्रुव काफ्लेलाई सम्मान गरिएको थियो । उहाँले कलेजको जग्गा व्यवस्थापन र उपयोगमा ध्यान पुर्याउन आग्रह गर्नुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नीलकण्ठ मरासिनीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शास्त्र संकाय प्रमुख माधवप्रसाद सिग्देलले गर्नुभएको थियो ।