एसपीएम कलेज गैंडाकोटको चौंथो कलेज सभा कार्यक्रम सम्पन्न
गैंडाकोट । गैंडाकोटको सूर्यभक्त पतनादेवी मेमोरियल कलेज (एसपीएम कलेज) गैंडाकोटको चौंथो कलेज सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । उहाँले आफू संस्थापक अध्यक्ष रहेको कलेजको उन्नति र प्रगतिमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कलेजका प्राचार्य दीपेन्द्र पौडेलले प्रतिवेदन पेश गर्नुभएको थियोे । कार्यक्रममा वडा नं २ का वडासदस्य सकिला परियार, लेखा समिति सदस्य गोविन्द लामिछाने, प्राध्यापक संघ सभापति अर्जुन गिरी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्याम बाचेमगर लगायतले शुभकामना राख्नुभएको थियो ।
कार्यक्रममा कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युटका प्रिन्सीपल ध्रुव काफ्लेलाई सम्मान गरिएको थियो । उहाँले कलेजको जग्गा व्यवस्थापन र उपयोगमा ध्यान पुर्याउन आग्रह गर्नुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नीलकण्ठ मरासिनीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शास्त्र संकाय प्रमुख माधवप्रसाद सिग्देलले गर्नुभएको थियो।