एनसेल फाउन्डेसनद्वारा दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण हुने
काठमाण्डौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा बिहीबारसम्म प्रहार भएका चौकाहरूका आधारमा दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
क्रिकेटको उत्साहलाई विद्यार्थीहरूको उज्जवल भविष्यसँग जोड्ने उद्देश्यले सुरू गरिएको अभियानमार्फत एनसेल फाउन्डेसनले शैक्षिक सामग्री वितरण गर्ने भएको हो । अभियानअन्तर्गत सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक किट प्रदान गरिने एनसेलले जनाएको छ । अभियानअन्तर्गत सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक किट प्रदान गरिने एनसेलले जनाएको छ ।
फाउन्डेसनले गत वर्षदेखि एनपीएलसँग सहकार्य गर्दै प्रत्येक चौका बराबर शैक्षिक सहयोग अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि प्रत्येक चौकामा चारवटा शैक्षिक सामग्री वितरण गरिने फाउन्डेसनले जनाएको छ । बिहीबारसम्म ९० खेलाडीहरूले ५१० चौका प्रहार गरिसकेका छन्, जसअनुसार २ हजार ४० शैक्षिक सामग्री वितरण हुने भएको छ । फाउन्डेसनले जनाएअनुसार शैक्षिक किटमा झोला, कपी, पेन्सिल, सापर्नर, इरेजरलगायतका आधारतुत सामग्री रहनेछन्।