निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाण्डौं । शुक्रबार सिंहदरबारमा हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी दलित समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको छ । अध्यक्ष सुनारका अनुसार, समानुपातिक निर्वाचन प्रणालीमा हालको व्यवस्था खस-आर्य समुदायलाई प्राथमिकता दिनेमात्र केन्द्रित छ, जसले दलित समुदायको पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्न सकेको छैन।
प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशव्यापी जनजागरणमार्फत पैसा र शक्तिको प्रभावले मात्र चुनाव जितिने अवस्था आउन नदिन पनि सुझाव दिनुभयो।