स्वतन्त्र भूपू सैनिक सहकारीद्वारा डस्टविन हस्तान्तरण 

२०८२ मङ्सिर १९ शुक्रबार १५:३८:०० मा प्रकाशित

नवलपरासी पूर्व । स्वतन्त्र भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोट ४ ले शुक्रबार डस्टवीन वितरण गरेको छ । बार्षिक नीति तथा कार्यक्रम अनुसार डस्विन बिरतण गरिएको संस्थाका अध्यक्ष वेदबन्धु रेग्मीले बताउनुभयो ।

गैँडाकोट ५ मा रहेको साङ्गे छोइलिङ्ग महाबौद्ध गुम्बा र गणेश मन्दिर सेवा समितिका प्रतिनिधिहरुलाई डस्विन र कुचो वितरण गरिएको थियो । स्वतन्त्र भूतपूर्व सहकारीले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक शिव पौडेलले बताउनुभयो ।